close

आतुर छन् काठमाडौंका बासिन्दा, मेयर साहले उत्सव मनाएको हेर्न (फोटो फिचर)

घटेन नाक थुनेर हिँड्नु पर्ने समस्या

आतुर छन् काठमाडौंका बासिन्दा, मेयर साहले उत्सव मनाएको हेर्न (फोटो फिचर)

घटेन नाक थुनेर हिँड्नु पर्ने समस्या

Trulli
ADVERTISEMENT

काठमाडौँ । बालेन्द्र साहले काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा कार्यभार सम्हालेको आज ५ दिन भएको छ । 

५ दिन कुनै लामो समय होइन । बुझ्नेले बुझेका छन् । तर, फोहरबाट आजित काठमाडौँका बासिन्दा यति अधैर्य बनिसकेका छन् कि उनीहरू साहबाट चमत्कारको आशा गरिरहेका छन् ।

मेयर साहको अहिले ठुलो टाउको दुखाइसमेत काठमाडौंको फोहर व्यवस्थापन नै हो । यसका लागि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत सहयोगको आश्वासन पाएका छन् ।

काठमाडौंमा जम्मा हुने फोहर नै यहाँ सधैँ राजनीतिक नारा बन्ने गरेको छ । चुनावका बेला सबैले चमत्कारिक रुपमा फोहर व्यवस्थापन गर्छु भन्छन् । फोहर प्रशोधन गरेर महानगरपालिकाको आम्दानी बढाउने दाबी गर्छन् । तर, यही फोहरको डङ्गुरले नै काठमाडौं महानगरपालिकामा मेयरहरूलाई असफलको ट्याग भिराउँदै आएको छ ।

हुनत मेयरमा जित हात पारेसँगै साहले सिसडोल र बञ्चरेडाँडाको भ्रमण गरे । सिसडोलतिर नभएर बञ्चरेडाँडामा फोहर व्यवस्थापनसमेत हुन थालेको थियो । तर, काठमाडौँको एक चक्कर लगाउने हो भने सहरमा फैलिएको दुर्गन्धमा कुनै कमी आएको छैन । 

फरक छ, हिजोसम्म यत्रतत्र छरिएर रहने फोहरहरू बोरामा कोचेर चाङ मिलाएर राख्न थालिएको छ । तर, त्यो चाङबाट निस्किने दुर्गन्धले बटुवाहरूलाई सास्ती नै दिइरहेको छ । 

हुनसक्ला काठमाडौँको फोहर व्यवस्थापन नभएसम्म माला नलगाउने तथा उत्सव नमनाउने वाचा गरेका मेयर साह यही विषयमा काम गरिरहेका होलान् । चाँडै नै मेयर साहले गलामा माला पहिरिएर छमछमी नाच्दै उत्सव मनाएको हेर्ने चाहना अहिले समस्त काठमाडौंवासीको छ ।