close

तस्बिरमा धनपालथानको च्याउ खेती

तस्बिरमा धनपालथानको च्याउ खेती

Trulli
ADVERTISEMENT

मोरङ -  धनपालथान गाउँपालिका वडा नम्बर १ स्थितश्री माँ दुर्गा कृषि फर्मले च्याउ खेती गर्दै आएको छ । स्थानीय समूहबाट सो फर्मबाट च्याउ खेती गर्दै आएको हो । 

केही समय अघिदेखि सञ्चालनमा ल्याएको सो फर्मले च्याउ उत्पादनसमेत गरिसकेको छ । फर्मबाट उत्पादन हुने च्याउलाई विराटनगरमा विक्रीको लागि पठाउन गरेको वडाध्यक्ष खाजा हुसेन मियाले पालिकाखबरलाई बताए । सो फर्मले करिब ५ कठ्ठा क्षेत्रफलमा ६ वटा घरबाट च्याउ उत्पादन गर्दै आएको उनले सुनाए । 

वडामा करिब ५ वटा समूहले व्यवसायिक रुपमा च्याउ उत्पादन गर्दै आएको उनको भनाइ छ । फर्मलाई गाउँपालिकाले अनुदानमा सामग्री वितरण गर्दै आएको उनले जानकारी दिए ।