close

‘युएनएचसीआरले हाम्रो अन्तिम संस्कारमा मात्र सहयोग गर्छ’ (फोटो फिचर)

‘युएनएचसीआरले हाम्रो अन्तिम संस्कारमा मात्र सहयोग गर्छ’ (फोटो फिचर)

Trulli
ADVERTISEMENT

काठमाडौँ । म्यानमारमा जातीय हिंसाले उग्र रुप लिएसँगै झन्डै एक दशक अघिदेखि नेपालमा शरणार्थीका रुपमा रोहिंगा आउन थालेका हुन् । अहिले दिनहुँ यो संख्या बढ्दो छ ।

म्यानमारका अल्पसंख्यक मुस्लिम समुदायलाई तत्कालीन सरकार र वर्तमान सैन्य सरकारले समेत दमन गरिरहेको छ । जसका कारण म्यानमारसँग सीमा जोडिएको बंगलादेश हुँदै रोहिंगा शरणार्थीहरू नेपाल प्रवेश गरिरहेका छन् ।

अहिले ती शरणार्थीहरू काठमाडौँको कपनस्थित राममन्दिर र लसुनटारमा निर्माण गरिएको शिविरमा बस्दै आएका छन् ।

कतिपय रोहिंगाले काठमाडौँमा आएपछि यहीका महिलासँग समेत विवाह गरेका छन् । कतिपयले नेपाल आएपछि सन्तान समेत पाएका छन् । उनीहरूको माग त, ती सन्तानले नेपाली नागरिकता पाउनु समेत छ ।

कपनमा रहेका ३ वटा शिविरमा रोहिंगा बालबालिकाका लागि आफ्नै भाषामा अध्ययन गर्न विद्यालय निर्माण गरिएको छ । प्रार्थनाका लागि त्यही शिविरभित्र मस्जिद समेत बनाइएको छ ।

राष्ट्र संघीय शरणार्थी आयोग युएनएचसीआर तथा नेपाल सरकारले आफूहरूलाई नहरेको हुँदा कैदी बन्दी झैँ शरणार्थी जीवन बिताइ रहनु परेको भन्दै सरोकारवालाको ध्यान आकृष्ट गर्न उनीहरुले विभिन्न ११ वटा माग सहित प्रदर्शन गरेका छन् । 

साथै उनीहरुले युएनएचसीआरबाट अन्तिम संस्कारका लागि बाहेक अन्य कुनै सहयोग नपाएको दाबी समेत गरेका छन् ।

धर्नाको क्रममा उनीहरुले आफूहरु न्युनतम आधारभूत आवश्यकताबाट समेत बंचित हुनु परेको बताएका छन् ।

तस्विर : नेपाल न्युज बैंक