close

भक्तपुरमा गाईजात्राको रौनक (फोटो फिचर)

भक्तपुरमा गाईजात्राको रौनक (फोटो फिचर)

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुरमा मृतकको सम्झनामा मंगलबार गाईजात्रा (सापारु) मनाइएको छ । वर्षभरि मृत्यु भएका व्यक्तिको स्मृतिमा गाईजात्रा मनाइने गरेको हो ।

सापारुमा मृतकको घरबाट गाई, ताहासाँ, ताहामचा, माटोको साँ वा साना नानीलाई महादेव पार्वती बनाइन्छ । बनाइएका प्रतीकलाई नगरभित्र परिक्रमा गराइन्छ ।

यसरी परिक्रमा गराए मृतक व्यक्ति गाईको पुच्छर समातेर स्वर्गमा जाने मान्यता नेवारी समुदायमा छ । सापारुमा नेपाली भाषामा साँ भनेको गाई र पारु भनेको प्रतिपदा हो ।

भाद्र कृष्ण प्रतिपदाको दिन गाईजात्रा गर्दा मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छन् भन्ने विश्वास छ ।  गुन्हीपुन्हीमा तलेजु भगवान्को मन्दिरबाट सुरु हुने गाईजात्रा भाद्र कृष्णाष्टमीसम्म चल्छ । भक्तपुरमा गाईजात्रा ८ दिन ९ रात चल्ने गर्दछ । जात्राभरि बाजागाजासँगै नाच पनि समावेश गरिएको हुन्छ ।