close

सगरमाथा बेस क्याम्पभन्दा अग्लो स्थानमा हिउँ चितुवा (फोटो फिचर)

सगरमाथा बेस क्याम्पभन्दा अग्लो स्थानमा हिउँ चितुवा (फोटो फिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं । अमेरिकाकी फोटोग्राफर किटी पवलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवा भेटेर तस्बिरमा कैद गर्न सफल भएकी छन् । उनले ५ हजार ४८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेबसाइटमा उल्लेख गरेकी छन् । यो सगरमाथाको आधारशिविरभन्दा माथि पर्छ । 

हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी बताएकी छन् ।  हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन् । फोटोग्राफर किटी वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन्।