close

बागमतीमा बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आह्वान

बागमतीमा बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं– मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् ।

 

प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा दिएकी थिइन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको छ ।