close

प्रदेश  १ को मुख्यमन्त्रीमा राजेन्द्र राईलाई समर्थन गर्ने विपक्षी गठबन्धनको निर्णय 

प्रदेश  १ को मुख्यमन्त्रीमा राजेन्द्र राईलाई समर्थन गर्ने विपक्षी गठबन्धनको निर्णय 

Trulli
ADVERTISEMENT

मोरङ– प्रदेश नं १ का विपक्षी गठबन्धनले नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।


    
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी), जनता समाजवादी पार्टी नेपाल र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आइतबार  बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई  समर्थन गर्ने निर्णय गरेको हो ।


     
नेकां संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अब बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए । मुख्यमन्त्री नियुक्तिपछि मन्त्रालय भागबण्डालगायत अन्य विषयमा छलफल गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । 


    
बैठकले प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यको विपक्षमा मतदान गर्न सबै दलले सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको छ । प्रदेशसभामा ९२ सदस्य रहेकामा नेकपा (एमाले) सँग सभामुखसहित ४१ सांसद छन् । 


    
विपक्षी गठबन्धन नेकाँको २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जसपासँग तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सदस्य छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची रहेको छ ।