close

विश्वासको मत लिंदै मुख्यमन्त्री भीम आचार्य 

विश्वासको मत लिंदै मुख्यमन्त्री भीम आचार्य 

Trulli
ADVERTISEMENT

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिैदैछन् । साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ ।

 

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् ।

 

गत भदौं १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर काङ्ग्रेसभित्रको किचलोका कारण बैठक आजसम्मका लागि सरेको थियो । गठबन्धनले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले बताए ।