close

प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्दै 

प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्दै 

Trulli
ADVERTISEMENT

विराटनगर– प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय दिएलगतै विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठन गर्नका लागि सोमबार दाबी पेश गरेका थिए । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई आज मुख्यमन्त्री नियुक्त हुँदैछन् । 

 

विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरु देश प्रमुखको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् । विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको हो ।

 

नयाँ सरकार बनाउन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाण्डौमा रहेकाले उनले हस्ताक्षर नगरेको बताइएको छ ।