close

प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त

Trulli
ADVERTISEMENT

काठमाडौं–प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादी प्रदेश संसदिय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।

 

अघिल्ला मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि  प्रदेश प्रमुख प्यासीले नयाँ सरकारका गठनकालागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।

 

नेकपा एकीकृत समाजवादीका नेता राईले पाँच दलिय गठबन्धनका ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।