close

कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

Trulli
ADVERTISEMENT

कर्णाली– कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने बताएका छन् । उनले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडाएिका हुम्लालगायत यहाँका १० वटै जिल्लालाई  सडक सञ्जालमा जोड्न पहल गरिने बताए ।

 

पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका कामको आधारलाई समेत समेटेर यहाँका बासिन्दाको अधुरा सपना पूरा गर्ने मुख्यमन्त्री शाहीले व्यक्त गरे । उनले भने, ‘पूर्व मुख्यमन्त्री शाही अहिले काठमाडौँ जानुभएको छ उहाँ काठमाडौँबाट फर्केलगत्तै तिहारपछि नेकपा (एकीकृत समाजवादी) सँगको समन्वयमा मन्त्रिपरिषद् विस्तार हुनेछ ।’


मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसबाट एक, नेकपा (माओवादी केन्द्र) बाट चार र नेकपा (एकीकृत समाजवादी) बाट दुई मन्त्री बन्ने चर्चा छ ।