close

निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि दल दर्ता आव्हान गरेको छ।

आयोगका अनुसार २०७९ साउन १९ गते सम्म दर्ता भएका राजनीतिक दलले संविधानको धारा २७१ बमोजिम २०७९ साउन २२ गतेदेखि २०७९ साल साउन ३१ गतेसम्म कार्यालय समयभित्र दल दर्ता गराउनु पर्नेछ।

आयोगले केन्द्रीय र प्रदेश स्तरको समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख हुनुपर्ने भनेको छ । राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता हुने भए पनि निर्वाचन प्रयोजनका लागि हरेक पटकको निर्वाचनमा दर्ता हुनुपर्छ । 

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने आयोगले भनेको छ।

दल दर्ताको लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगले भनेको छ।

आयोगले दल दर्ता प्रयोजनको लागि सार्वजनिक विदाको दिनमा समेत आयोगको कार्यालय खुला रहने जानकारी दिएको छ ।