close

संघीय शिक्षा ऐनका केही प्रावधान परिमार्जन गरी पास गर्न सांसदलाई अनुरोध

संघीय शिक्षा ऐनका केही प्रावधान परिमार्जन गरी पास गर्न सांसदलाई अनुरोध

Trulli
ADVERTISEMENT

 काठमाडौं- गाउँपालिका राष्ट्रिय महासंघले संघीय शिक्षा ऐनको विधयेकका केही प्रावधानहरुलाई  परिमार्जन गरेर मात्रै पास गर्न अनुरोध गरेको छ । शनिबार भक्तपुरमा बसेको महासंघको बैठकले विधयेक केही प्रावधानलाई परिमार्जन गरी पास गर्न सांसदहरुसँग अनुरोध गरेको हो । 

साउन १६ गते बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधयेक २०८० ल्याएको थियो । सो विधयेकमा समावेश भएका केही प्रावधानमा स्थानीय सरकारको एकल अधिकारमा हस्तक्षेप हुने र सं३ीयतालाई चुनौती दिने प्रावधान रहेकोले सो परिमार्जन गर्न अनुरोध गरेको महासंघ अध्यक्ष लक्ष्मीदेवीले बताइन् । 

‘कतिपय प्रावधानहरु संघीय प्रणालीलाई नै चुनौती दिने र स्थानीय सरकारको एकल अधिकारमा हस्तक्षेप हुने प्रकृतिको पाइएकोले संविधानले तहगत सरकारलाई दिएको अधिकारलाई संकुचन नहुनेगरी उक्त विधयेकलाई परिमार्जनसहित पारित गर्नुपर्नेछ,’ महासंघको बैठकको निर्णयमा उल्लेख गरिएको छ । 


उनले विधयेकमा संविधानले प्रदान गरेको संघीयताको अधिकारमा हस्तक्षेप नहुने गरी निर्माण गर्न अनुरोध समेत गरेकी छिन् । उनल कानुन परिमार्जन गर्दा स्थानीय सरकारसँग परामर्श तथा सुझाव दिन समेत अनुरोध गरेकी छिन् ।