close

कोशी प्रदेश सरकारले विश्वासको मत लिँदै

कोशी प्रदेश सरकारले विश्वासको मत लिँदै

Trulli
ADVERTISEMENT

विराटनगर - कोशी प्रदेशसभाको बैठक आज अपराह्न ३ बजेदेखि जारी छ । प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका छन्। 

सो प्रस्तावको पक्षमा नेपाली कांग्रेसका हिमाल कार्की, नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रकुमार राई, नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोले धारणा राख्दै प्रदेशको राजनीतिक स्थिरता र विकासका लागि थापा सरकारलाई समर्थन गरेको बताए । 

उता नेकपा (एमाले) संसदीय दलका तर्फबाट रेवतीरमण भण्डारीले सरकार गैरकानूनी र गैरसंवैधानिक भएकाले विश्वासको मत नदिने धारणा राखेका थिए । 
    
छलफलमा उठेका विषयमा जवाफ दिँदै मुख्यमन्त्री थापाले आफूले सहमति गरेर नै अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सरकारले जनताका आवश्यकतामा विशेष काम गर्ने बताए । मुख्यमन्त्री थापाले आफू सदैव सहमति र सहकार्यका पक्षमा रहेको भन्दै विश्वासको मतका पक्षमा मतदान गर्न आह्वान गरे । 

हाल सभामा मत विभाजन गरी विश्वासको मतको पक्ष र विपक्षमा मतदान सुरु हुन गइरहेको छ । 

नेपालको संविधानको धारा १८८ अनुसार प्रदेशसभा सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनसार प्रदेश सरकार गठन भएको २० दिनपछि मुख्यमन्त्री थापाले विश्वासको मत लिन लागेका हुन् ।