close

मन्त्रालयले सुरुवाको आतंक मच्चाएपछि स्थानीयर सरकार तनावमा

मन्त्रालयले सुरुवाको आतंक मच्चाएपछि स्थानीयर सरकार तनावमा

Trulli
ADVERTISEMENT

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैंको मुखैमा सरुवा आतंक मच्चाएपछि कर्मचारी मारमा परेका छन् । 

स्थानीय निकायका प्रशासन प्रमुख बनेर आएका गाउँपालिका, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको एक महिना नपुग्दै हुने सरुवाले जनप्रतिनिलाई काम गर्न कठिनाइ भएको छ।

चाडपर्वको मुखमा आएर झनै संघीय मन्त्रीको सचिवालयले सरुवाका लागि गरेको फोनले कर्मचारीलाई आतंकित बनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको सचिवालयबाट बारा, पर्सा, रौतहटसहित मधेश प्रदेशका कर्मचारी सरुवा गरिदिने बार्गेनिङ बढ्न थालेको स्रोतको दाबी छ । 

मन्त्रीज्यूको सचिवालयसँग भेटघाट गर्नुपर्ने फोन आएको छ,’ एक प्रमुख प्रशासकीय अधिकृतले भने, ‘मन्त्रीजीको सचिवालबाट आएको फोनमा छिटो आएर मन्त्रीजीलाई भेटनुस् भनिएको छ ।’

स्थानीय निकायमा जनमत पार्टीको प्रतिनिधित्व नभएर पनि प्रमुख प्रशासकीय अधिकृतको सरुवाको त्रासमा अल्झाइरहने प्रवृत्ति देखाएको स्रोतको दाबी छ । यसबारेमा प्रतिक्रिया लिन खोज्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका स्वकीय सचिव नवरत्न साहले प्रतिक्रिया दिन चाहेनन् । अनिल तिवारी/आइएनएस