close

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता बास्तोला पक्राउ

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता बास्तोला पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं- क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । बास्तोलाले चलाएको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेका बास्तोलाले चलाएको स्कारपियोले बिहीबार राति दाङको राप्ति गाउँपालिकामा विपरीत दिशाबाट आइरहेको रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राप्ति गाउँपालिकाका २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।

स्कारपियो चालक बास्तोलालाई भालुवाङस्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ