close

भूकम्पका कारण ज्वालामुखीमा २० घर भत्किए, एक जनाको निधन

भूकम्पका कारण ज्वालामुखीमा २० घर भत्किए, एक जनाको निधन

Trulli
ADVERTISEMENT

धादिङ- भूकम्पका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भूकम्प जाँदा आसपासका क्षेत्रका केही घरमा क्षति पुगेको छ ।

ज्वालामुखी गाउँपालिकामा भूकम्पका कारण एक घरमा पूर्ण क्षति पुगेको छ भने २० वटा घरमा आंशिक क्षति भएको गाउँपालिका अध्यक्ष यामनाथ दनैले पालिकाखबरलाई बताए बताए । 

ज्वालामुखी-५ का जीवन सिम्खडाको घर पूर्ण रुपमा क्षति भएको पालिका अध्यक्ष दनैले पालिकाखबरलाई बताए । अध्यक्ष दनैका अनुसार  गोरखा घर भएकी एक महिलाको मृत्यु भएको छ । भूकम्प आउँदा बेहोस भएकी उनको उपचारको लागि धादिङ अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको तर पहिचान हुन बाँकी रहेको अध्यक्ष दनैको भनाइ छ । 

त्यस्तै ज्वालामुखी-५ की २७ वर्षीया सीता दुवारीको हात भाँचिएको हुँदा उनलाई उपचारका लागि धादिङ अस्पताल लगिएको छ । उनका अनुसार भूकम्पपछि वडा नम्बर ५ को एक ठाउँमा ठूलो पहिरोसमेत गएको छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिरै सुरक्षित बस्न आग्रह गरिएको छ ।