close

तीन वटा जहाजको खरिद प्रक्रिया सुरु

तीन वटा जहाजको खरिद प्रक्रिया सुरु

Trulli
ADVERTISEMENT

काठमाडौँ- नेपाल वायु सेवा निगमले तीनवटा जहाज खरिदका लागि टेन्डर आह्वान गरेको छ । इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत निगमले जहाज खरिद गर्न लागेको हो ।

आइतबार पहिलोपटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ । 

दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ । निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो । ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ ।