close

इजरायल युद्धमा मारिएका ४ विद्यार्थीको शव आइपुग्यो

इजरायल युद्धमा मारिएका ४ विद्यार्थीको शव आइपुग्यो

Trulli
ADVERTISEMENT

काठमाडौँ- इजरायल युद्धमा मारिएका १० नेपाली विद्यार्थीमध्ये ४ जनाको शव आज काठमाडौँ आइपुगेको छ । 

इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई बुझाएमध्ये ४ शवहरु नेपाल ल्याइएको हो । आज बिहान दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव नेपाल ल्याइएको हो । यसअघि गए राति कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको थियो ।

त्यस्तै कैलालीका आशीष चौधरीको शव पनि नेपाल आइपुगेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केवश साउदले जानकारी दिए । 

गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । बाँकी ६ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।