close

दशैँमा काठमाडौं उपत्यकाको सुरक्षा :  एकको मृत्यु, एकको हत्या

दशैँमा काठमाडौं उपत्यकाको सुरक्षा :  एकको मृत्यु, एकको हत्या

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं उपत्यकामा यसपालिको दशैँमा तुलनात्मक रुपमा कम घटना भएका छन् । विगतका तुलनामा दशैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना नभएका काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 

फूलपातीयता आजसम्म केही छिटपुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती तथा दुर्घटना नभएका कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दशैँ विगतका वर्षहरुमा भन्दा सौहार्दपूर्ण रुपमा सकिएको छ ।  

उपत्यकाका तीन जिल्लामा चाडबाड विशेष सुरक्षा योजना तयार पारेर निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको थियो । तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर तीनै जिल्लामा सुरक्षा निगरानी गरिएको उनले जानकारी दिए । 

यद्यपि, कडा सुरक्षाका बीच पनि छिटपुट घटना भने देखिए । यही कात्तिक ४ गते फूलपातीदेखि शुक्रवार बिहानसम्ममा उपत्यकामा एक सय तीनवटा घटना भएका छन् । ती घटनामा परेर दुई जनाको ज्यान गएको छ भने एक सय १८ जना घाइते भएका मैनालीले जानकारी दिए । 

यसबीचमा २० वटा गाडी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । सवारी साधनहरु ठोक्किँदा ५१ वटा दुर्घटना भएको थियो । यो दुर्घटनामा ७३ जना घाइते भएका थिए भने एक जनाको ज्यान गएको थियो । 

प्रहरीका अनुसार कुटपिट र झैझगडाका १३ वटा घटनामा एक जनाको ज्यान गएको छ भने १३ घाइते भएका छन् । चोरीका १० र धारिलो हतियार प्रहारसम्बन्धी दुई वटा घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।