close

भूकम्पमा घाइते भएकाहरूको उपचार सरकारले निःशुल्क गर्ने

भूकम्पमा घाइते भएकाहरूको उपचार सरकारले निःशुल्क गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं- शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका सबैको सरकारले नि:शुल्क उपचार गर्ने भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सबै अस्पतालमा भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गराउने निर्णय गरेको हो । 

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई शुक्रबार राति ११:४८ मा गएको ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको निधन भइसकेको छ ।