close

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो २ प्लेन राहत सामग्री

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो २ प्लेन राहत सामग्री

Trulli
ADVERTISEMENT

काठमाडौं- जाजरको भूकम्प पीडितको राहत तथा उद्धारका लागि चीन सरकारले दिएको सामग्री आज नेपाल आइपुगेको छ । 

चिनियाँ राजदूत छन सोङले आज पोखरा विमानस्थलमा उक्त राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  हस्तान्तरण गरेका छन् ।  

चीनले २८ करोड रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको उल्लेख गरेको छ । राहत सामग्री बोकेका दुई चिनियाँ जहाज बिहान पोखरा विमानस्थलमा अवतरण भएका थिए । 

गत कातिक १७ गते राति गएको भूकम्पमा परी १५३ जनाले ज्यान गुमाउँदा करोडौको भौतिक क्षति भएको छ ।