close

टिकटक प्रतिबन्ध विरूद्धको रिट न्यायाधीश चुडालको इजलासमा

टिकटक प्रतिबन्ध विरूद्धको रिट न्यायाधीश चुडालको इजलासमा

Trulli
ADVERTISEMENT

काठमाडौं- टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिट न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सरकारको यो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ११ वटा रिट परेको छ । सरकारको यो निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल 'स्वागत', अञ्जन धिताल, रामकृष्ण बञ्जारा, यज्ञमणि न्यौपाने, फर्सुराम पाण्डेलगायतले सर्वोच्चमा रिट दिएका थिए।