close

तीनकुने र बल्खुमा चलाइयो जामर भेहिकल : के हो जामर भेहिकल ?

तीनकुने र बल्खुमा चलाइयो जामर भेहिकल : के हो जामर भेहिकल ?

Trulli
ADVERTISEMENT

काठमाडौं- सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै प्रहरीले तीनकुने र बल्खुमा जामर भेहिकल प्रयोग गरेको छ । 

बल्खुमा दुर्गा प्रसाईंको र तीनकुनेमा युवासंघको कार्यक्रम छ । युवासंघ र प्रसाईंका कार्यकर्ताबीच झपड नहोस् भनेर उच्च सुरक्षा सतर्कता अपनाएको छ । त्यसैले प्रदर्शन हुने क्षेत्रमा प्रहरीले जामर भेहिकल चलाएको हो । 

मोबाइल नेटवर्क कमजोर पार्नका लागि प्रहरीले जामर भेहिकल प्रविधिको प्रयोग गर्ने गर्छ । भीडभाड हुने क्षेत्रमा मोबाइल सम्पर्क कमजोर पारी सम्भावित अप्रिय दुर्घटना न्युनीकरणका लागि जामर भेहिकलको प्रयोग गर्दै आएको छ ।