close

प्रहरीको गोली लागेर एक जना आन्दोलनकारीको मृत्यु

प्रहरीको गोली लागेर एक जना आन्दोलनकारीको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं– ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ।  प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो ।

हालसम्म मृतकको पहिचान भने खुल्न सकेको छैन । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै  प्रहरीले गोली चलाएको थियो । घटनामा केही आन्दोलनकारी घाइते समेत भएका छन् । 

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।