close

इटहरी उपमहानगरको स्वास्थ्य इकाइ भवन शिलान्यास

इटहरी उपमहानगरको स्वास्थ्य इकाइ भवन शिलान्यास

Trulli
ADVERTISEMENT

सुनसरी- सुनसरीको इटहरी उपमहानगरका सबै वडामा स्वास्थ्य इकाइ पुर्‍याउने उद्देश्यले वडा नम्बर १० मा स्वास्थ्य इकाइ भवन शिलान्यास गरिएको छ । इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले स्वास्थ्य इकाइ भवन शिलान्यास गरे ।

 

यही आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गरेर स्वास्थ्य सेवा प्रदान गरिने उनले बताए । इटहरीका सबै वडामा स्वास्थ्य संस्था पुर्‍याउन यो आर्थिक वर्षमा १४ वटा स्वास्थ्य इकाइ निर्माण गरिने उनले जानकारी दिए ।


तीमध्ये १० वटा शिलान्यास भएर काम सुरु भएको र केही सम्पन्न हुने अवस्थामा पुगेको उनको भनाइ छ । 


वडाध्यक्ष प्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा इन्जिनियर अनिल तिम्सिनाले २४ लाख १७ हजार ६ सय १७ रुपैयाँको लागतमा १ तले ४ कोठे भवन निर्माण हुने जानकारी गराए ।


कार्यक्रममा ठेकेदार जोखन सरदारले समयमै काम सक्ने प्रतिबद्धता व्यक्त गरे ।