close

अछामको पिसिआर प्रयोगशालामा स्वाब परीक्षण बन्द

अछामको पिसिआर प्रयोगशालामा स्वाब परीक्षण बन्द

Trulli
ADVERTISEMENT

अछाम- अछामको एउटा मात्र पिसिआर प्रयोगशालामा स्वाब परीक्षण बन्द भएको छ । प्राविधिक कारणले प्रयोगशाला पिसिआर परीक्षण अनिश्चित भएको हो । प्रयोगशालाले सूचना जारी गर्दै कोरोना परीक्षण स्थगित गरिएको बताएको छ ।'

 

पिसिआर मेसिनमा समस्या आएका कारण कोरोना परीक्षण बन्द भएको सूचना अधिकारी टेकबहादुर विष्टले बताए । एउटा मात्र पिसिआर प्रयोगशाला भए पनि अछामलाई कोरोना संक्रमण परीक्षणमा सहज हुँदै आएको थियो । तर, अहिले प्रयोगशाला बन्द हुँदा कोरोना परीक्षण अनिश्चित बनेको छ ।

 

आर्थिक अभावमा ब्याकअप उपकरण, विद्युत्को भरपर्दो विकल्प नहुँदा एउटै मेसिनले धान्न सक्ने अवस्था नरहेको प्रयोगशालाले जनाएको छ । 

 

प्रयोगशालाका लागि यसअघि जिल्लाका केही स्थानीय तहले मात्र सहयोग गरेका थिए । कमलबजार नगरपालिकाको पहलमा सञ्चालित प्रयोगशालामा आर्थिक समस्या रहेको भन्दै यसअघि जिल्लाका सबै पालिकासँग सहयोग मागिएको थियो । 

 

माग गरेअनुसार रकम उपलब्ध नहुँदा व्यवस्थापनमा कठिनाइ भएको कमलबजार नगरपालिकाले जनाएको छ । प्रयोगशालामा अछामसहित बाजुरा र दैलेखका केही पालिकाको स्वाबसमेत परीक्षण हुने गरेको छ ।