close

स्थानीय तहबारे सामाजिक सञ्जाल र मिडिया कहिल्यै सकारात्मक भएनन् (भिडियाे वार्ता)

स्थानीय तहबारे सामाजिक सञ्जाल र मिडिया कहिल्यै सकारात्मक भएनन् (भिडियाे वार्ता)

ADVERTISEMENT

पालिका खबर बुलेटिनको यो पालिका टक विशेष खण्डमा आज हामीले डडेलधुराकोे अमरगढी नगरपालिकाका नगरप्रमुख विपिन ओझालाई जोडेका छौं । ओझासँग कोरोना रोकथाममा पालिकाको पहल लगायतका विषयमा करिस्मा कार्कीले गरेको कुराकानीको सम्पादित अंश ।

 

अमरगढीमा कोरोना संक्रमणको अवस्था के छ ? संक्रमित निको हुने दर कस्तो छ ? स्थानीय सरकारले बेलैमा ध्यान नदिँदा संक्रमण फैलिएको भन्ने जनगुनासो पनि छ नि ?


केही समय पहिला अमरगढीमा निकै भयावह अवस्था थियो । संक्रमितको संख्या ४ सय बढी पुग्यो । केही नियन्त्रण हुँदैछ । सुदूरपश्चिम प्रदेशकै केन्द्रविन्दुमा भएको स्थानीय तह पनि हो । यस प्रदेशको संघीय सरकार अन्तर्गतको अस्पताल डडेलधुरा अस्पताल पनि यहीँ भएकाले जोखिम र मृत्युदर बढी देखियो । समग्र हेर्दा अमरगढी पालिकाका नागरिक ३ जनाको मृत्यु भएको छ । अन्य नागरिक अन्य जिल्ला बैतडी, कञ्चनपुरका नागरिक छन् । 

 

कोरोना रोकथाम र नियन्त्रणमा अन्य खर्च कटाएर आइसोलेसन बनाउने लगायतका काम भए होलान् । तपाईले चढ्दै आएको गाडी एम्बुलेन्स बनेको छ, अन्य के के गर्नुभयो महामारी नियन्त्रणमा अहिलेसम्म ?
 

अहिले हामीले जुन निकै भयावह अवस्था भइसकेपछि धेरै सार्वजनिक यातायातले बिरामी बोक्न अप्ठ्यारो मानेपछि हामी चढ्ने गाडी एम्बुलेन्स बनाइयो । हाम्रो नगरपालिकाको सरसफाईमा प्रयोग हुने ट्रिपर शव बोक्न प्रयोग गरिरहेका छौँ । २० मिनेट जति फरकमा आइसोलेसन बनाएका छौँ । ८ देखि १० जना मानिस छन् ।

 

अस्पताल व्यवस्थापन गर्ने विषयमा सहजीकरण गरिरहेका छौ । अक्सिजन प्लान्ट निर्माण गर्न संघीय सरकारले ४ करोड विनियोजन भएको छ । आइसीयू, भेन्टिलेटरका लागि ६ करोड ८० लाख र एसडीयू स्थापना गर्न तीन करोड १२ लाख रुपैयाँ गरेर १३ करोड ९२ लाख विनियोजन भएको छ । अक्सिजन व्यवस्थापन गर्न कैलालीको धनगढी, नेपालगञ्ज, विरानटगरबाट पनि व्यवस्थापन गरिएको छ । अहिले मात्रै नगरपालिकाको ट्रिपर ५० सिलिन्डर लिन धनगढी गएको छ । 

 

महामारी नियन्त्रणका लागि पहल गरिरहनुभएको छ । तर, तपाईहरूलाई आरोप छ नि बेलैमा ध्यान नदिँदा संक्रमण फैलिएको भन्ने ? 


समग्र रुपमा हाम्रो मुलुकको अवस्थ, साधन, स्रोत र सामथ्र्य हेर्दा हामी कमजोर अवस्थामा छौँ । तर, काम भएका छन् । जनपेक्षा युरोप, अमेरिकाको जस्तो होस् भन्ने छ । हामीले त्यस्तो अपेक्षा गरेर हुँदैन । मलाई लाग्छ, थोरै समयमा स्थानीय तहले, सरकारले काम गरेको छ ।

 

देशभरीको अवस्था हेर्ने हो भने अक्सिजन प्लान्ट निर्माण भएको छ । नकरात्मक ढंगले हेर्न हुँदैन । सामाजिक सञ्जाल, कुप्रचार गर्ने अनलाइनले नकरात्मक कुरालाई अलिक बढी नै देखाउने गर्छ । मलाई लाग्छ सबै स्थानीय तहले राम्रो काम गरिरहेको जस्तो लाग्छ । 

 

तपाईहरूले कोरोना महामारीलाई मध्यनजर गर्दै ७८/७९को योजना तर्जुमा तथा बजेट कार्यक्रमको कार्ययोजना अघि बढाउनुभएको छ । कस्ता योजना समावेश होलान् यसपाली ? कस्ता योजना प्राथमिकतामा पर्दै छन् ?


मुख्यतः गत वर्ष पनि कोभिडले हाम्रा योजना प्रभावित भए । यो वर्ष पनि हुने देखिन्छ । यो वर्षको बजेट जुन निर्माण गर्दैछौँ त्यसमा कोरोनाको उपचार, कोभिडले पारेको असर र व्यवस्थापन, उत्पादनसँग जोड्ने योजना ल्याउँदै छ । गत वर्षकै योजनालाइृ बढाउने तयारी गरिरहेका छौँ । 

 

कोरोना महामारी अघि पनि विभिन्न योजना नगरपालिकाले अघि सारेको थियो । योजनाका लागि बजेट पास गरेको थियो । अहिले महामारीका कारण ति योजनाको प्रगति के छ ? 


केही विकास निर्माणका काम अहिले पनि हाम्रा निर्माणाधिन अवस्थामा छन् । यो वर्ष हामीले अधिकांश योजना समयमा नै सुरुवात र सम्झौता गरेर अघि बढेको छ । केही टेन्डरबाट निर्माण गर्दैछौँ । सार्वजनिक खरिद ऐन झन्झटिलो भएकाले निर्माणको चरणमा छन् । सबै योजना सम्पन्न भइसकेकै अवस्थामा छैन ।