close

चितवनको शारदानगर जागृति खानेपानी तथा सरसफाइ आयोजना: नगर विकास कोषको साढे ८ करोड बढी ऋण लगानी 

चितवनको शारदानगर जागृति खानेपानी तथा सरसफाइ आयोजना: नगर विकास कोषको साढे ८ करोड बढी ऋण लगानी 

Trulli
ADVERTISEMENT

काठमाडौं- नगर विकास कोषले चितवनको शारदानगर जागृति खानेपानी तथा सरसफाइ आयोजनामा ८ करोड ३५ लाख ४१ हजार रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।


शारदानगर जागृति खानेपानी तथा सरसफाइ आयोजना निर्माणका लागि सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न अनुमानित लागत ३३ करोड ४१ लाख ६६ हजार रुपैयाँको २५ प्रतिशत रकम ८ करोड ३५ लाख ४१ हजार रुपैयाँ कोषबाट ऋण लगानी हुनेछ ।


खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएको बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल अंक स्वीकृत भएपछि आयोजना अगाडि बढेको हो । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष शान्तमाया गुरुङबीच गत ३१ वैशाखमा ऋण सम्झौता भएको थियो ।


ऋण लगानीपछि आयोजना निर्माणका लागि ठेकेदार परिचालन भएको कोषले जनाएको छ । शारदानगर जागृति खानेपानी तथा सरसफाइ आयोजनामा सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ताबाट बेहोरिने प्रावधान छ ।


आयोजनाले भरतपुर महानगरपालिका वडा नम्बर १६, १७, १९ र २० का २१,१५६ जनसंख्यालाई ६ वटा डिप बोरिङको माध्यमबाट २४ सै घन्टा खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य छ ।