close

दीर्घरोगीहरूको स्याहारमा सुर्नया

दीर्घरोगीहरूको स्याहारमा सुर्नया

Trulli
ADVERTISEMENT

बैतडी– सुर्नया गाउँपालिकाले घरघरमा पुगेर दिर्घरोगीको तथ्याङ्क संकलन सुरु गरेको छ । दिर्घरोगीहरूको पहिचान गरी स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले गत हप्तादेखि तथ्याङ्क संकलन कार्य सुरु गरेको हो । 

गाउँपालिकाले प्रत्येक वडाको घरघरमा पुगेर गएर दिर्घरोगीहरूको तथ्याङ्क संकलन गर्न थालेको गाउँपालिकाका हेल्थ असिस्टेन्ट किरण चन्दले बताए । सो कार्य गाउँपालिकाले वडा नं ८ बाट सुरु गरेको उनले पालिकाखबरलाई जानकारी दिए । अन्य वडामा पनि ज्यष्ठ नागरिक तथा दीर्घरोगीको तथ्याङ्क संकलनको काम चाँडै सुरु गरिने उनले बताए । 

तथ्याङ्क संकलनबाट पालिकाभरी रहेका दीर्घरोगीको पहिचान हुने र उनीहरूलाई गाउँपालिकाले उपचारमा सहयोग गर्ने उनले सुनाए । स्वास्थ्यकर्मीहरू प्रत्येक वडाका घर घरमा गएर ज्येष्ठ नागरिक र दीर्घरोगीको उपचार गर्ने उनले बताए ।

उनले भने, ‘विशेष गरी जेष्ठ नागरिकमा उच्च रक्तचाप, क्यान्सर, दम, मधुमेह जस्ता रोगहरूको जोखिम बढ्दै गएपछि तथ्याङ्क संकलन गरेका हौँ ।’ पछिल्लो समयमा नसर्ने रोगहरूको जोखिम बढ्दै गएको र ज्येष्ठ नागरिकलाई उपचारमा सहयोग पुगोस् भनेर तथ्याङ्क संकलनको काम सुरु गरेको उनको भनाइ छ ।