close

जलजलाले ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लग्ने

जलजलाले ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लग्ने

Trulli
ADVERTISEMENT

पर्वत– जलजला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लग्ने भएको छ । गाउँपालिकाले ७० वर्ष पुरा भएका ज्येष्ठ नागरिकलाई निःशुल्क भ्रमणमा लग्न लागेको हो । 

बागलुङ नगरपालिका वडा नं ६ स्थित पञ्चकोटमा सञ्चालन भइरहेको महायज्ञमा ज्येष्ठ नागरिकलाई लग्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए । 

फागुन ९ देखि २५ गतेसम्म पञ्चकोटमा अनन्त ब्रह्माण्डीय महायज्ञ भइरहेको छ ।  गाउँ कार्यपालिकाको गत मंगलबार बसेको बैठकको निर्णय अनुसार फागुन १६ गते ज्येष्ठ नागरिकलाई महायज्ञमा सहभागि हुने गरि गाउँपालिकाले लग्ने भएको हो । 

सो भ्रमण एक दिनका लागि रहने उनले बताए । यसका लागि गाउँपालिकाले वडा कार्यालयबाट भ्रमणमा जान परिवारिक सहमति मिलेका ज्येष्ठ नागरिकको विवरण माग गरेको छ । विवरणमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकलाई भ्रमणमा लैजाने उनले बताए । 

प्रमुख प्रशासकीय अधिकृत आचार्यले पालिकाखबरसँग भने, ‘परिवारको समय नमिल्ने र आर्थिक कारणले धार्मिक भ्रमणमा इच्छा भएर पनि जान नपाउने धेरै ज्येष्ठ नागरिक हुनुहुन्छ । त्यसैले गाउँपालिकाले लग्न लागेको हो ।’ ज्येष्ठ नागरिकलाई सम्मान गर्दै गाउँपालिकाले निःशुल्क धार्मिक भ्रमणमा समावेश गराउन लागेको उनको भनाइ छ ।