close

बाँफिकोटद्वारा अपाङ्ग परिचय पत्र वितरण

बाँफिकोटद्वारा अपाङ्ग परिचय पत्र वितरण

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– बाँफिकोट गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरेको छ । गाउँपालिकाअन्तर्गतका हरेक वडामा ३९ जनालाई शनिबार परिचय पत्र वितरण गरेको हो ।

गाउँपालिकाका १० वटा वडामा अपाङ्ग परिचय पत्र वितरण शिविर सञ्चालन गरी ३९ जनालाई परिचय पत्र वितरण गरेको महिला विकास शाखाकी पुष्पा ददेलले बताइन् । उनकाअनुसार ‘ग’ वर्गमा ६ जना महिला र ११ जना पुरुषलाई गरी १७ जनालाई तथा ‘घ’ वर्गमा ५ जना महिला र ९ जना पुरुषलाई गरी १४ जनालाई परिचय पत्र वितरण गरिएको थियो । त्यसैगरी ‘क’ वर्गमा ३ जना पुरुष र ‘ख’ वर्गमा ३/३ जना महिला र पुरुष रहेको उनले बताइन् । 

अपाङ्ग भएका व्यक्तिले आफ्नो हक अधिकार सुनिश्त गर्न परिचय पत्र वितरण गरेको उनले बताइन् । गाउँपालिकाले अपाङ्ग दिवस, अपाङ्ग परिचय पत्र जनचेतनाका कार्यक्रमको लागि भनेर चालु आर्थिक वर्षमा ३ लाख रुपैयाँ वजेट विनियोजन गरेको छ ।