close

अपाङ्गता भएका व्यक्तिको प्रेरणाका लागि धार्मिक क्षेत्रको भ्रमण

अपाङ्गता भएका व्यक्तिको प्रेरणाका लागि धार्मिक क्षेत्रको भ्रमण

Trulli
ADVERTISEMENT

पाल्पा– रिब्दीकोट गाउँपालिकाका फरक क्षमता भएका व्यक्तिलाई अवलोकन भ्रमणमा लगेको छ । गाउँपालिकाको अपाङ्ग समन्वय समितिको सहजीकरणमा गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिलाई दुईदिने अवलोकन भ्रमणमा लगेको हो । 

गाउँपालिकाबाट २८ र २९ गते धार्मिक स्थलको भ्रमण तथा अपाङ्गता भएका व्यक्तिहरुले गरेका सिपमुलक कामको अवलोकन भ्रमणमा लगिएको गाउँपालिकाकी सिनियर अहेव कमला लामटाङ्गेले बताइन् । उनका अनुसार ३६ जनाले भ्रमण गरेका थिए । फरक क्षमता भएका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै तीन जना स्वास्थ्यकर्मी पनि भ्रमणमा गएको उनले बताइन् । 

दुई दिने भ्रमणमा पाल्पामा फरक क्षमता भएका व्यक्तिहरुले बनाइरहेको अगरबत्ती क्षेत्रको भ्रमण गरिएको थियो । देवघाट र मौदाकाली मन्दिरको भ्रमण तथा केबलबार चढेको उनले सुनाइन् । फरक क्षमता भएका व्यक्तिलाई परिवारबाट पनि घुम्न लैजान कम भएकाले उनीहरुमा मनोरञ्जन र प्रेरणा जगाउने उद्देश्यले गाउँपालिकाले भ्रमणमा लगेको उनको भनाइ छ । 

गाउँपालिकाले पहिलोपटक फरक क्षमता भएका व्यक्तिलाई अवलोकन भ्रमणका लागि लगेको अपाङ्ग समन्वय समितिको संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । उनका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षमा सात लाख रुपैयाँ बजेट विनियोजन गरेर फरक क्षमता भएका व्यक्तिहरुको हितमा काम गरिरहेको छ ।