close

सान्नी त्रिवेणीमा जीवन निर्वाह भत्ता २० जनालाई

सान्नी त्रिवेणीमा जीवन निर्वाह भत्ता २० जनालाई

Trulli
फाइल तस्विर
ADVERTISEMENT

कालिकोट– सान्नी त्रिवेणी गाउँपालिकाले घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण गरेको छ । गाउँपालिकाले २० जनालाई जीवन निर्वाह भत्ता उपलब्ध गराएको हो ।

गाउँपालिकाअन्तर्गत घाइते अपाङ्गता भएका व्यक्ति ३२ जना भएकोमा २० जनालाई उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नेत्रराज शाहीले बताए । घाइते अपाङ्ग भएका व्यक्तिलाई सहजता हुने भएकोले मासिक  दुई हजारका दरले उपलब्ध गराइएको शाहीले पालिकाखबरलाई जानकारी दिए ।

गाउँपालिकाले ‘घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८०’ मा भएको व्यवस्था बमोजिम अपाङ्ग भएका व्यक्तिलाई भत्ता वितरण गर्ने गरेको उनले बताए । 

नेपाल सरकार गृह मन्त्रालयबाट कर्णाली प्रदेशभरीमा कार्यक्रम लागु भएकोले गाउँपालिकाअन्तर्गत हरेक वडाका अपाङ्गता भएका व्यक्तिलाई २ हजार रुपैयाँका दरले वितरण गरेकोे बताए । 

यसका साथै, सहिद स्मृति भत्ताअन्तर्गत ५२ जना मध्ये ४० जनालाई मासिक दुई हजारका दरले वितरण गरेको छ ।