close

वडा सरकारद्वारा ज्येष्ठ नागरिकलाई फाइबरको सिरक

वडा सरकारद्वारा ज्येष्ठ नागरिकलाई फाइबरको सिरक

Trulli
ADVERTISEMENT

पाल्पा– रिब्दीकोट गाउँपालिका वडा नं ३ ले ज्येष्ठ नागरिकलाई सम्मानका साथै फाइबरको सिरक वितरण गरेको छ । वडाभित्र रहेका ७५ वर्ष माथि उमेरका ज्येष्ठ नागरिकलाई बुधबार फाइबरको सिरक वितरण गरेको हो । 

तथ्यांकअनुसार वडाभित्र ७५ वर्ष माथिका १३७ जना ज्येष्ठ नागरिक रहेको वडा अध्यक्ष नारायण बहादुर केसीले बताए । सोमध्ये केहीको मृत्यु भएकाले हाल वडामा  ७५ वर्ष माथिका १२५ जना छन् । वडाभित्रका ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरणका साथै सम्मान गरिएको उनले बताए । 

उनले भने, ‘हिँजो सय जनालाई वितरण गरेका थियाैं ।  छुट्नु भएका ज्येष्ठ नागरिक आजपनि नागरिकता लिएर वडा कार्यालयमा आएर सिरक लगिरहनु भएको छ ।’

वडा कार्यालयले एक लाख रुपैयाँ बजेट विनियोजन गरेर फाइबरको सिरक बनाएको उनले बताए । उनले भने, ‘बजारमा पाउने भन्दा राम्रो क्वालिटीको सिरक वितरण गरेका छौँ ।’