close

धादिङमा ट्रक दुर्घटनामा २ को मृत्यु, १ घाइते

धादिङमा ट्रक दुर्घटनामा २ को मृत्यु, १ घाइते

Trulli
ADVERTISEMENT

धादिङ - धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा– ५ स्थित बेतिनीमा मंगलबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट  काठमाडौं पठाइएको छ ।

 

दुर्घटनामा परी मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका वडा– ४ का ४० वर्षीय बेगबहादुर तामाङ र दलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बेगबहादुर सोही ट्रकका चालक हुन् । 

 

मंगलबार बिहान सामान लिएर नेत्रावती डबजोङको लपाङबाट कोल्चेत जाँदै गरेको बा५ख ४७२८ नम्बरको स्वराज ट्रक सडकबाट करिव ४०० मिटर तल खसेर दुर्घटना भएको स्थानीयले  बताएका छन् । 

 

दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि धादिङ अस्पताल धादिङबेँसी ल्याइएको थियो । 

 

गम्भीर घाइते रामबहादुर तामाङलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ भने अरू दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए ।