close

नवलपरासीपूर्वमा निजी आवास पुनर्निर्माण अन्तिम चरणमा

नवलपरासीपूर्वमा निजी आवास पुनर्निर्माण अन्तिम चरणमा

Trulli
ADVERTISEMENT

नवलपरासीपूर्व- नवलपरासी पूर्वमा २०७२ को भूकम्पबाट भएको निजी आवासतर्फको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । 

 

२०७२ को भूकम्पले पूर्वी नवलपरासीमा निजी आवासतर्फ १ हजार ५१ वटा भौतिक संरचना र पश्चिम नवलपरासीमा २० वटा भौतिक संरचनामा क्षति भएकामा अहिले पुनर्निर्माण अन्तिम चरणमा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण योजना कार्यान्वयन इकाइ कार्यालय नवलपरासीका प्रमुख राजेन्द्र कार्कीले बताए । 


नवलपुरको गँैडाकोटमा योजना कार्यान्वयन इकाइ कार्यालय नवलपरासीले आयोजना गरेको चालू कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धमा आयोजित जिल्लास्तरीय अन्तत्र्रिmयामा पश्चिम नवलपरासीमा निजी आवासतर्फको पुननिर्माण सकिएको जानकारी दिइएको हो । यस्तै, पूर्व नवलपरासीमा निजी आवासतर्फको ९ सय ३५ भौतिक संरचना निर्माण सकिएको छ । 


कार्यक्रममा पूर्वी नवलपरासीका पालिका प्रमुख एवं अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौंका प्रमुख सुशील ज्ञवालीलगायतको सहभागिता थियो । 


अन्तक्र्रियामा पुनर्निर्माण बाँकी रहेका ६४ घरले दोस्रो किस्ता रकमसमेत लगेको र बाँकी रहेका ५२ जनाले पनि पहिलो पुनर्निर्माणका लागि पहिलो किस्ता रकम लगिसकेको बताइयो ।

 

दोस्रो किस्ता रकम लगेकामध्ये अधिकांशले भवन निर्माण सकिसकेका छन् भने पहिलो किस्ता लग्नेहरूको पनि २०७८ को वैशाखसम्म भवन निर्माण सकेर नवलपरासीमा निजी आवासतर्फको पुनर्निर्माण नेपालमै पहिलो पटक सक्ने लक्ष्यसाथ काम गरिरहेको कार्कीले जानकारी दिए । 


नवलपरासीमा २०७२ को भूकम्पबाट विद्यालयतर्फ २ सय १० वटा विद्यालयको ५ सय २० वटा कक्षाकोठामा क्षति पुगेको थियो । यसमध्ये कक्षाकोठा पुनर्निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । 

 

विद्यालयको पुनर्निर्माण सक्न भने अझै अर्को आर्थिक वर्ष कुर्नुपर्ने देखिएको छ । विद्यालयतर्फ ५ सय २० वटा कक्षाकोठा क्षति भएकामा २ सय १८ वटा कक्षाकोठा पुनर्निर्माण सकिएको छ भने २ सय ७१ वटा कक्षाकोठा पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । 

 

बाँकी कक्षाकोठाको पुनर्निर्माण पनि छिट्टै सक्ने लक्ष्य रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, योजना कार्यान्वयन इकाइ नवलपरासी (शिक्षा) का प्रमुख राजेश्वर पराजुलीले बताए ।


जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरण काठमाडौंका प्रमुख ज्ञवाली, शाखा अधिकृत भुवनेश्वर लामिछाने, नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलगायतले भूकम्पबाट हुन सक्ने जोखिमबाट बच्न सजगता अपनाउनुपर्ने धारणा व्यक्त गरे ।