close

किशोरी शसक्तिकरणमा शिवराज नगरपालिका

किशोरी शसक्तिकरणमा शिवराज नगरपालिका

Trulli
ADVERTISEMENT

कपिलबस्तु (शिवराज)- किशोरी शसक्तिकरणका लागि शिवराज नगरपालिकाको चन्द्रौटामा एक दिने गोष्ठी सम्पन्न भएको छ ।

 

हाम्रो जस्तो पुरुष प्रधान समाजमा किशोरीहरुको समस्या व्यापक रहेकोले त्यसलाई न्युनीकरण गर्नका लागी धर्म गुरुको भूमिका महत्वपूर्र्ण हुने आवाज गोष्ठीमा सहभागीहरूको रहेको थियो । 

 

केयर नेपालको सहयोग र दलित समाजिक विकास केन्द्रको आयोजनामा संचालित टीपीङ परियोजनाले किशोरीहरुमा रहेको विद्यमान समस्याहरू समाधानको लागी सकारात्मक भूमीका खेल्नु अहिलेको आवश्यकता रहेको र धर्म गुरुहरूसमेत यसप्रति सकारत्मक हुँदै गएको बताए ।


समाजमा रहेका विद्यमान कुरितिहरुलाई समाधान गर्न किशोरीहरूसमेत संगठित हुदै गएकोले किशोरीमाथि हुने गरेको सबै प्रकारका हिंसामा कमी आउनु सकारत्मक संकेत भएको गोष्ठीमा सहभागीहरूले बताएका थिए ।