close

भूमिहीन नगरवासीले छिट्टै लालपुर्जा पाउँछन् : नगरप्रमुख अधिकारी 

भूमिहीन नगरवासीले छिट्टै लालपुर्जा पाउँछन् : नगरप्रमुख अधिकारी 

Trulli
ADVERTISEMENT

कपिलवस्तु (शिवराज)- शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले अब छिट्टै भूमिहीन र दलित सुकुम्बासीले लालपुर्जा पाउने बताएका छन् । 


भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न निर्माण गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोगले नगरपालिकाको वडा नम्बर ५ को सभाहलमा गरिएको अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख अधिकारीले यस्तो बताएका हुन् । 

 

कपिलवस्तुको शिवराज नगरपालिकामा आयोगले स्थानीय तहका पदाधिकारी र सरोकारवालासँग अन्तर्क्रिया सम्पन्न गरेको छ ।


अभिमुखीकरण कार्यक्रम सफलताको शुभकामना दिँदै नगरपालिका उपप्रमुख शिवकुमारी थारुले स्थानीय तहलाई भूमिहीनको लगत संकलन गर्न इकाइ कार्यालय स्थापना गरी इकाइलाई आवश्यक कर्मचारी नियुक्त गरिसकेको बताइन् । 


अभिमुखीकरण कार्यक्रम समापन सत्रमा बोल्दै नगरप्रमुख अधिकारीले सरकारले बलियो आयोग निर्माण गरेकाले सुकुम्बासी समस्या सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गरे । नगरपालिकामा भूमिहीन सुकुम्बासीका समस्या बढी रहेकाले समाधानका लागि नगरपालिकाले छिटोछरितो रूपमा काम गर्ने बताए ।