close

नवलपुरमा गुपचुप खोलिए १४ वटा अवैध क्रसर (भिडियाे खबर)

स्थानीय सरकारको मिलेमतो आशंका 

नवलपुरमा गुपचुप खोलिए १४ वटा अवैध क्रसर (भिडियाे खबर)

स्थानीय सरकारको मिलेमतो आशंका 

ADVERTISEMENT

नवलपुर- मुलुकमा कानुनी राज चल्छ भनेर सरकारले पटकपटक भन्दै आएको छ । तर, कानुनको धज्जी उडाउन सरकार नै लागिपरेको छ । आफंैले गरेको निर्णय लागू गर्न सरकार असमर्थ छ । फलस्वरूपः स्थानीयले दुःख पाउने गरेका छन् ।

 

गृह मन्त्रालयले केही महिनाअघि मात्रै अवैध सञ्चालनमा रहेका क्रसर बन्द गराउन निर्देशन दियो । त्यसबीचमा केही बन्द पनि भए । तर, स्थानीय सरकारले फेरि कानुनको धज्जी उडाउँदै क्रसरलाई गरिएको कारबाही फुकुवा गरिदिएका छन् । यस्तै, निर्णय गर्दा नवलपुरका १४ वटा बालुवा प्रशोधन उद्योग खोलिएको छ । 


नवलपुरमा अनुगमनका क्रममा अवैध सञ्चालनमा रहेको भेटिएर बन्द भएका नवलपुरका १४ वटा बालुवा प्रशोधन उद्योग स्थानीय पालिकाले बिनाकारबाही खोलिदिएका छन् । जिल्ला प्रशासन कार्यालय नवलपुरकोण् नेतृत्वमा स्थानीय पालिका, राजस्व कार्यालय, प्रहरी, साना तथा घरेलु उद्योगलगायतले संयुक्त रूपमा अनुगमन गर्दा अवैध सञ्चालनमा रहेका भनेर ती उद्योगमाथि शिल गरिएको थियो । 

 

तर, प्रशोधन उद्योग स्थानीय सरकारले नयाँ दर्ता प्रक्रियामा लैजाने भन्दै खोलिदिएका हुन् ।  कुनै कारबाही पनि नगरी नयाँ उद्योग दर्ता प्रक्रियामा लैजाने भन्दै खुलाइँदा अनियमिमता र आर्थिक चलखेलको आशंका गर्न थालिएको छ ।

 

जिल्ला अनुगमन समितिले शिल गरिएका बालुवा उद्योगलाई खोल्न कुनै निर्णय नगरे पनि सम्बन्धित पालिकालाई नयाँ उद्योग दर्ता प्रक्रिया पूरा गर्न बाटो खुला हुने गरिदिएको निर्णयलाई नै आधार मानेर शिल भएका बालुवा उद्योग पुनः खुलेको जिल्ला समन्वय समिति नवलपुरका संयोजक चेसराम आले बताउँछन् ।

 

तर, स्थानीय सरकारले जिल्ला अनुगमन समितिको निर्णयलाई आधार मानेर भन्दै बालुवा उद्योग खोलिदिएका छन् भने १ वर्षभित्र प्रक्रिया पूरा गर्न समय दिइएको छ । यस्तै, क्रसर खोल्न कुनै आर्थिक चलखेल नभएको र व्यापारीको दबाब पनि नआएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीको दाबी छ ।