close

बर्दघाटमा पूर्ण संस्थागत सुत्केरी अभियान 

बर्दघाटमा पूर्ण संस्थागत सुत्केरी अभियान 

Trulli
ADVERTISEMENT

नवलपरासी- नवलपरासी पश्चिमको बर्दघाट नगरपालिकाले नगरका ११ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरेको छ । बर्दघाट वडा नम्बर १२ र १३ लाई सोमबार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो । 


कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्रकुमार अधिकारीले वडा नम्बर १२ र १३ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरे । प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, सिँचाइ र सडक क्षेत्रमा प्राथमिकताका साथ लगानी गरेको उनले बताए ।

 
कार्यक्रममा नगरप्रमुख धीरज शर्मा बस्यालले ११ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको जानकारी दिए । बस्यालले आगामी वर्षभित्र सबै वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने कार्यक्रम रहेको बताए । ‘यस वर्ष ३ वटा वडा र आगामी वर्ष २ वडासहित सबै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिनेछ’, नगरप्रमुख बस्यालले भने । 


कार्यक्रममा उपप्रमुख मायादेवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या, वडा नम्बर १३ का कार्यवाहक वडाध्यक्ष रेशमराज पाण्डेय, वडा नम्बर १२ का वडाध्यक्ष मानबहादुर मल्ललगायत उपस्थित थिए ।