close

माडीमा जंगली जनावरको प्रवेश रोक्न हेलोजिन बत्ती जडान

माडीमा जंगली जनावरको प्रवेश रोक्न हेलोजिन बत्ती जडान

Trulli
ADVERTISEMENT

चितवन(माडी)- चितवन राष्ट्रिय निकुञ्ज छेउका माडीका केही गाउँमा जंगली जनावरको प्रवेश रोक्न हेलोजिन बत्ती जडान गरिएको छ ।

 

जंगली हात्ती र गैंडालगायत जनावर गाउँमा पसेर बालीनाली नष्ट गर्ने र मानवीय हताहती हुन थालेपछि माडी निकुञ्ज छेउका विभिन्न स्थानमा हेलोजिन बत्ती जडान गरिएको हो ।

 

माडीको द्रौपती नगर, पाण्डवनगर, चन्द्रपुरी, वनकट्टा, भैरवपुर, पौहारी, धोबाहा र रतनीलगायत गाउँमा हेलोजिनसहितको बत्ती जडान गरिएको छ ।

 

पोलबत्ती जडान भएसँगै रातीको समय जंगल छेउमा झिलीमिली हुने गरेको छ । उज्यालोका कारण जंगली जनावर आउन कमी भएको स्थानीय बताउँछन् ।

 

पोल बत्तीसँगै सोलार फेन्स, मेस जाली र अग्लो ड्यामसमेत निर्माण गरिएकाले जनावरको प्रवेशमा कमी आएको हो । तर, ठाउँ-ठाउँमा पोल बत्ती, मेस जाली र सोलार फेन्स टुटेको वा नराखिएको स्थानबाट जनावर बस्तीमा छिर्ने क्रम भने जारी नै छ ।