close

आगलागीपीडित परिवारले पाए राहत

आगलागीपीडित परिवारले पाए राहत

Trulli
ADVERTISEMENT

धनकुटा- आगलागीबाट घर नष्ट भएका धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ४ का पूर्णबहादुर विश्वकर्माको परिवारलाई राहत उपलब्ध गराइएको छ । 


गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूको अगुवाइमा स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र रेडक्रस सोसाइटी धनकुटाले राहत उपलब्ध गराएको हो ।


पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले नगद १५ हजार रुपैयाँ, गाउँपालिकाले जस्तापाता, खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराएको हो । 


राहत गाउँपालिका अध्यक्ष लिम्बू, उपाध्यक्ष भीमकला श्रेष्ठलगायतले पीडित विश्वकर्मालाई हस्तान्तरण गरे ।


विश्वकर्माको घर अज्ञात व्यक्तिले रातको समयमा जलाएको थियो । घर जलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।