close

नगरपालिकामा गोलभेडा फ्याँकेर किसानको विरोध

नगरपालिकामा गोलभेडा फ्याँकेर किसानको विरोध

Trulli
ADVERTISEMENT

नवलपरासी- बर्दघाट नगरपालिकाका किसानले नगरपालिका कार्यालयमा टमाटर फालेर विरोध प्रदर्शन गरेका छन् । आफ्नो उत्पादनले बजार नपाएका बेला आयातित टमाटर बिक्री भइरहेको भन्दै किसानहरू आन्दोलित भएका हुन् ।


नगरपालिकालाई उत्पादनको बजारीकरणका लागि आग्रह गरे पनि कुनै सुनुवाई नभएकाले बाध्य भएर नगरपालिकामा ल्याएर टमाटर फाल्नु परेको कृषकहरूले बताएका छन् ।


उत्पादनले बजार नपाउँदा आफूहरू निकै मर्कामा परेको कृषक विनोद नेपालले बताए । उनले पटक पटक नगरपालिकामा ताकेता गरे पनि नगरपालिकाले बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको बताए ।


किसानहरूले नगर प्रमुख धीरज शर्मा बस्याललाई ज्ञापनपत्र बुझाउन खोजेका थिए । तर पटक-पटक आग्रह गर्दा पनि प्रमुख बस्यालले समय उपलब्ध नगराएको उनीहरूले बताएका छन् । ज्ञापन पत्र बुझाउन नपाएपछि नगरपालिका कार्यालय परिसरमा उनीहरूले केही समय नाराबाजी समेत गरेका थिए ।


यता नगरपालिका प्रमुख धीरज शर्मा बस्यालले आफूलाई टमाटर बिक्री नभएको बारे कुनै जानकारी नदिई एक्कासी अराजकता प्रर्दशन गर्दै नगरपालिकामा टमाटर फालिएको प्रतिक्रिया दिएका दिएका छन् ।