close

हेल्लो ! सुन्नुस् त गाउँमा फोन चल्यो

हेल्लो ! सुन्नुस् त गाउँमा फोन चल्यो

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको चंखेली गाउँपालिकाका नेप्काबासीले लामो समयपछि सञ्चार सुविधा पाएका छन् ।


जिल्ला सदरमुकामबाट निकै टाढा तथा पालिका केन्द्र पिप्लाङबाट समेत १ दिन लाग्ने नेप्कागाउँको चीनसँग सीमा जोडिएको छ । उक्त गाउँ हालसम्म कुनै पनि सञ्चार सुविधा थिएन ।


चंखेली गाउँपालिकाको लामो प्रयासपछि ११ साउनमा वडा नम्बर ५ नेप्कामा नेपाल टेलिकमको टावर बनेपछि त्यहाँका नागरिकले सञ्चार सुविधा पाएको पालिका अध्यक्ष धनलाल चौलागाईंले बताए ।

 

उनका अनुसार काठमाडौं टेलिकम कार्यालयको जडान सामग्रीसहित प्राविधिक सहयोग र गाउँपालिकाको १५ लाख रुपैयाँ ढुवानी गरी सोमबारबाट टावर सञ्चालनमा आएको छ ।


निर्वाचनमा स्थानीय राजनीतिक दलका नेताले गाउँमा सञ्चार सुविधा पुर्‍याउने चुनावी नारा बनाए पनि अहिलेसम्म सुविधा पाउन सकेका थिएनन् । 


२०७५ बाट सुरु गरिएको टावर निर्माण ३ वर्षपछि सम्पन्न भएको हो ।


अहिलेसम्म फोनसम्म चलाउन नपाएका यहाँका नागरिकले देश-विदेशमा रहेका आफ्ना नानीबाबुसहित कुराकानी गर्न पाउँदा खुसी भएको वडा नम्बर ५ का वडाध्यक्ष भैरव तामाङले बताए ।