close

प्रि-मनसुन सुरू : सातवटै प्रदेशमा पानी पर्ने

प्रि-मनसुन सुरू : सातवटै प्रदेशमा पानी पर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ ।

 

लामो समयपछि प्रि-मनसुन सक्रिय बनेको सँगै आज पानी पर्ने भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीनदिन प्रि-मनसुन सक्रिय रहनेछ

 

प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

 

आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । विभागका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ।