close

मनाइयो ईद उल फित्र

मनाइयो ईद उल फित्र

Trulli
ADVERTISEMENT

काठमाडौं । मुस्लिम समुदायले आज अरबी पात्रो हिजरी संवतअनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन ईद उल फित्र पर्व मनाएका छन् । 

 

मंगलबार विशेष नमाज पाठ गरी, तीन दिनसम्म आफूभन्दा ठूलाबडासँग आशीर्वाद लिएर तथा आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खुवाएर ईद उल फित्र पर्व मनाइएको हो । 

 

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद उल फित्र मनाउने कार्यक्रम तय हुन्छ । 


पर्वको अवसरमा खुसीपूर्वक दान, दीन दुःखी तथा गरीबलाई बाँड्ने (सहयोग) भएकाले यो पर्वलाई ईद उल फित्र भनिएको मान्यता छ ।सरकारले ईद उल फित्रका अवसरमा सार्वजनिक बिदा आज दिएको छ । 

 

कोराना महामारीका कारण २ वर्षदेखि ईदका दिन नखुलेको काठमाडौँस्थित जामे मस्जिद आज भने खोलिएको थियो । आज जामे मस्जिदमा ईद मनाउन पुगेकाहरुको भीड समेत बाक्लै देखिएको थियो ।