close

सरकारी कर्मचारी कुटपिट गरी गाडी लुट्नेहरु पक्राउ

सरकारी कर्मचारी कुटपिट गरी गाडी लुट्नेहरु पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । कैलालीको गोदावरीमा कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारी कुटपिट गरी उनको गाडी लुट्नेहरु पक्राउ परेका छन् । 

कैलाली जिल्ला प्रहरी कार्यालयका डीएसपी वेद जोशीका अनुसार नेपाली कर्मचारीलाई कुटपिट गरी उनको कारसमेत लुटेर फरार भएका भारतको हरियाणा राज्यका २१ वर्षीय भगत सिंह, २० वर्षीय सन्नी जाट र १६ वर्षीय युवा पक्राउ परेका हुन् । 

उनीहरु तीनै जनालाई स्थानीयवासीको सूचनाको आधारमा कैलालीको गोदावरी नगरपालिका–१ को एैश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको डीएसपी जोशीले बताए ।