close

तिनाउ नदीमा भेटियो अस्मिताको शव, घटना शंकास्पद

टाउको र शरीरमा चोट

तिनाउ नदीमा भेटियो अस्मिताको शव, घटना शंकास्पद

टाउको र शरीरमा चोट

Trulli
ADVERTISEMENT

रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ मा एक युवती मृत फेला परेकी छन् । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका २ की अस्मिता पटवार शर्मा रहेकी छन् । 

वैशाख २६ गते मागी विवाह गरी तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६, पश्चिम पहुनीस्थित तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी हुन् । 

अस्मिताको टाउको र शरीरमा चोट रहेको बताइएको छ ।

अस्मिताका बुवा नागेन्द्र पटवारले जेठानकी श्रीमतीले छोरी (अस्मिता) घरमा नभएको भन्दै शनिबार दिउँसो साढे ३ बजे फोन गरेको बताए । 

त्यसपछि उनी रुपन्देही पुगेर इलाका प्रहरी कार्यालय बुटवलमा छोरी हराएको जाहेरी दिए ।

'रातिसम्मै खोजियो, छोरीको केही पत्ता लागेन', उनले भने, 'राति दुई छोरालाई पठाएँ, उनीहरुले पनि नभेटेपछि चिन्ता लाग्न थाल्यो ।' 

आइतबार दिउँसो भने जेठानकी श्रीमतीले नै छोरीको शव खोलामा भेटिएको जानकारी गराएको उनले पालिकाखबरलाई बताए । 

मृतकका बुबा घटनास्थल पुग्दा अस्मिताको शव लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि लगिसकिएको थियो । 

मृतक अस्मिताका श्रीमान् कामको सिलसिलामा भारतमा छन् । अस्मिताको टाउको र शरीरमा चोट रहेको बुबा नागेन्द्रले बताए ।

घटना शंकास्पद रहेको नागेन्द्रले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।