close

उपत्यकाभित्रै फोहोर व्यवस्थापन प्रयास भए पनि ल्यान्डफिल्डमा फोहोर नजाने होइन : प्रवक्ता

उपत्यकाभित्रै फोहोर व्यवस्थापन प्रयास भए पनि ल्यान्डफिल्डमा फोहोर नजाने होइन : प्रवक्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरको फोहोर उपत्यकाभित्रै व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।      

कहिने, नकुहिने र सिसाजन्य फोहोर घरबाटै निस्किने फोहोरमध्ये सिसाजन्य फोहोर कवाडीलाई बेच्न, प्लास्टिक,कागज र पानीका बोटललाई रिसाइकलविन गर्न सकिने र  कुहिने फोहोरलाई मल बनाउने गरी अघि बढिएको माहानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 

त्यसका लागि जिल्लाका ११ वटै महानगरबीच समन्वय भइरहेकाे उनले बताए ।

काठमाडौं महानगरको फोहोर व्यवस्थापन बहुवर्षीय योजना भएको बताउँदै उनले यो वर्ष एक अर्ब रुपैयाँ विनियोजन गरेको बताए ।

फोहर व्यवस्थापनका लागि अन्य नगरपालिकासँग जग्गाबारे कुराकानी भएको र १० नगर प्रमुखले फोहोर व्यवस्थापनका लागि जग्गा भएको भनी बताएको उनले पालिका खबरलाई जानकारी दिए  ।

यद्यपि उनले अहिलेसम्म जग्गाको कुनै टुंगो नलागेको बताए ।  महानगरले घर–घरमै कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन सहुलियतमा कम्पोष्ट विन वितरण गर्ने भएको छ । जसका लागि महानगरले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

काठमाडौंको फोहोर फाल्न नदिने भनी बञ्चरेडाँडा ल्यान्डफिल साइड सरोकार समितिले आजै निर्णय गरेको छ । तर, अब उपत्यकाको फोहोर बन्चरेडाँडा नजाने हो भनी गरिएको प्रश्नमा उनले भने, ‘ त्यस्तो होइन । हामी उहाँहरूका माग पूरा गर्छौँ । जसका लागि बजेट पनि छुट्याइएको छ ।’